समाचार
नाबालक परिचयपत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२.	जन्म दर्ताको प्रमाणपत्र
३.	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४.	नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५.	नाबालक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
६.	दुबै कान देखिने पासपोर्ट साइजको फोटो
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२.	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	निवेदकले तोकिएको शुल्क बुझाउने
५.	चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        